ट्रेकिङ गाइड प्रशिक्षार्थीलाई मेथलाङको भिरमा रक क्लाइम्बिङ तालिम
पाेखरा | असार ९, २०८२
पोखरा: पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ ।
साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम दिइएको हो ।
पोखरा महानगरपालिका वडानम्बर १८ को मेथलाङको भिरमा तालिम दिइएको हो । थ्री सिस्टर एड्भेन्चर ट्रेकिङले उक्त भिरलाई रक क्लाइम्बिङको प्रशिक्षण स्थलको रुपमा संचालन गदैँ आएको संचालक लक्की क्षेत्रीले जानकारी दिइन् ।
नयाँ युवालाई पर्यटन तर्फ आकर्षण गर्ने र स्वरोजगार बनाउन तालिमको अयोजना गरिएको हो टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए ।
रक क्लाइम्बिङ ट्रेकिङको विधा पनि हो आचार्यले भने पर्यटक पथ प्रदर्शक, ट्रेकिङका गाइडको लागि रक क्लाइम्बिङलाई एउटा पेसाको रुपमा विकास गर्न सकिन्छ ।
टान गण्डकीका सहसचिव भूपेन्द्रकुमार लामा र लाक्पा शेर्पाले रक क्लाइम्बिङको तालिम दिएका थिए ।
ट्रेकिङ जादा आउन सक्ने जोखिमलाई मध्यनजर गरी रक क्लाइम्बिङमा तालिम दिएको रक क्लाइम्बिङका प्रशिक्षक लामाले बताए ।
विश्वभर रक क्लाइम्बिङको क्रम बढ्दै गएको र नेपालमा पनि रक क्लाइम्बिङ गर्ने पर्यटक बढ्दै गएको छ लामाले भने नेपालमा पनि यसले व्यवसायीकता लिने विश्वास व्यक्त गरे ।
प्रशिक्षक शेर्पाले २ सय ३० प्रशिक्षार्थीलाई दुइ दिनेमा क्लाइम्बिङको बेसिक तालिम दिइने बताए ।
२५ दिने तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

